आजको बैठकमा अनिवार्य उपस्थिति हुन काग्रेसद्धारा ह्विप जारी

Avatar photo
Dhadingpost
बिहिबार, साउन ६, २०७३

धादिङ साउन ६
flage congress
बिहीबारको संसद् बैठकमा सबै सांसदलाई अनिवार्य उपस्थित हुन पनि निर्देशन दिएको नेता प्रकाशमान सिंहले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध संसद्मा दर्ता भएको अविश्वासको प्रस्ताव पारित गराउने निर्णय गरेको छ ।
बिहीबार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पारित भएपछिमात्र बजेट प्रस्तावमा छलफल गर्ने निर्णय गरेको हो ।
संसदको कार्यसूचिलाई लिएर दलहरुबिच तीव्र विवाद र ध्र्रुबीकरण भएपछि संसद बैठक अनिश्चित बनेको छ ।
पहिले बजेटका आश्रित विधेयकमाथि छलफल गर्ने कि अविश्वासको प्रस्तावमाथि भन्ने विषयमा दलहरु आआफ्नै अडानमा रहेपछि बैठक अनिश्चित भएको हो ।