पहिले अविश्वास प्रस्तावमा छलफल:कांग्रेस-माओवादी

Avatar photo
Dhadingpost
बुधबार, साउन ५, २०७३

धादिङ साउन ५
kp oli
नेपाली कांग्रेस र माओवादी केन्द्र अविश्वासको प्रस्तावलाई संसदमा सबैभन्दा पहिले छलफलको विषय बनाउनुपर्नेमा एकमत भएका छन् ।
बैठकपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अविश्वासको प्रस्तावपछि बजेटसँग सम्बन्धित विधेयकहरुलाई कार्यसूचीमा राख्न तयार रहेको तर विधेयकहरु पहिला पारित गर्ने कुरा मान्य नहुने बताए । गत असार २९ गतेको कार्यसूचीमा रहेको विषय नै बिहीबारको संसद बैठकको कार्यसूचीमा राख्न सभामुखलाई आग्रह गर्ने निर्णय भएको उनले बताए ।

दुई दलका शीर्ष नेताहरुको बुधबारको संयुक्त बैठकले अविश्वासको प्रस्ताव अगाडि बजेटसँग सम्बन्धित विधेयकहरुलाई कार्यसूचीमा राख्न नदिने निर्णय गरेको हो । बजेटका आश्रित विधेयक र अविश्वासको प्रस्ताव दुबैलाई कार्यसूचीमा समेट्न भने दुबै दल सहमत भएका छन् ।