अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न माओवादीद्वारा सांसदलाई ह्विप जारी

Avatar photo
Dhadingpost
बुधबार, साउन ५, २०७३

धादिङ साउन ५
images
अविश्वासको प्रस्तावमाथि साउन ६ गतेदेखि तीन दिनसम्म छलफल गराउने कार्यसूची छ।
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली विरुद्धको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसद्हरुलाई ह्वीप जारी गरेको छ।
माओवादी केन्द्रले बुधबार अपरान्ह सिंहदरबारमा संसदीय दलको बैठक बोलाएर सांसद्हरुलाई अविश्वासको प्रस्तावमाथिको छलफलमा सक्रियरुपमा भाग लिन र प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो। बैठकले प्रस्तावको पक्षमा मतदान गर्नका लागि संसद्मा रहेका अन्य दललाई समेत आव्हान गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।