खानेपानी तथा सरसफाई मन्त्रीद्धारा राजीनामा

Avatar photo
Dhadingpost
बुधबार, साउन ५, २०७३

धादिङ साउन ५
20072016054237Prem-1000x0
नेपाल समाजवादी जनता पार्टीका तर्फबाट खानेपानी तथा सरसफाइ मन्त्री बनेका प्रेमबहादुर सिंहले मन्त्रीबाट राजीनामा दिनु भएको छ । पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट फिर्ता हुन निर्देशन दिएकाले आफूले राजीनामा दिएको सिंहले बताउनुभयो ।
सिंह नेपाल समाजवादी जनता पार्टीको अध्यक्षसमेत हुनुहुन्छ । तर लगातार तीन वर्षसम्म पार्टीको आयव्यय विवरण पेश नगरेको भन्दै निर्वाचन आयोगले समाजवादी जनता पार्टीको दर्ता चार महिनाअघि नै खारेज गरेको थियो । दर्ता खारेज भइसकेको समाजवादी जनता पार्टीका सिंह एक्लो सांसद हुनुहुन्छ ।