धादिङ साउन ५
बुधवार तनहुँको जामुने र घाँसीकुवामा भएका तीनवटा सडक दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । तीनवटै घटनामामा परेर ३३ जना यात्री घाइते भएका छन् ।
बुधवार दिउसो पौने २ बजे जामुने ३ मा पोखराबाट तरकारी बोकेर दमौली आएको ग २ च २३०७ नम्बरको जीप र पोखरा जाँदै गरेको ग १ च ४३२५ नम्बरको ट्याक्सी ठोक्किदा ट्याक्सी चालक देउबहादुर थापा र सवार ५३ वर्षीया मना थापाको मृत्यु भएको हो । चालकको घटनास्थलमै र महिलाको उपचारका लागि पोखरा लैजादै गर्दा मृत्यु भएको प्रहरी नायव उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए ।
त्यस्तै बुधवारै २ बजेर १० मिनेट जाँदा घाँसीकुवा नजिकै बस र ट्रक ठोक्किदा अर्का एकको मृत्यु भएको छ । दमौली देखि मुग्लीङ तर्फ गएको ध १ ख ४९५ नम्बरको बस र विपरित दिशाबाट आएको ना ५ ख ७९८४ नम्बरको ट्रक ठोक्किदा बस चालक २७ बर्षीय दीपक नहर्कीको मृत्यु भएको हो । घटनाामा बसमा सवार २२ जना यात्री घाइते भएका छन् । बस चालक नहर्कीको घटना स्थलमै मृत्यु भएको गुरुङले जानकारी दिए । घटनाका घाइते मध्ये १२ जनाको जिल्ला अस्पताल दमौली र १० जनाको रत्नहरी सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । दुर्घटना पछि घाँसीकुवा तर्फ सडक अवरुद्ध भएपछि प्रहरी परिचालन गरी क्षतिग्रस्त सवारी हटाएर यातायात सञ्चालन गरिएको छ ।
त्यस्तै बुधवार बिहान पोखरा देखि विरगञ्ज जाँदै गरेको बस सडक छेउमा पल्टिंदा ११ यात्रु घाइते भएका छन् । ना ५ ख ६४४७ नम्बरको यात्रुबस जामुने गाविसको उपल्लो गुणादीमा पल्टिएको थियो । बस सडक देखि १५ मीटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बिजय पंडितले बताए ।