गुरुप्रति श्रद्धा र सम्मान गरी गुरुपूर्णिमा मनाईंदै

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ४, २०७३

धादिङ असार ४
index
आज आषढशुक्ल पूर्णिमा, गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरुपूर्णिमा मनाईदैछ । प्राचीनकालको गुरुकुल शिक्षाबाट प्रारम्भ भएको यस पर्वमा विद्यार्थीले आफूलाई विद्या, विनय र शिष्टता प्रदान गर्ने शिक्षकलाई मिठा परिकारसहित उपहार पनि दिने चलन छ ।

यस दिनलाई व्यास जयन्ती पनि भन्ने गरिन्छ । यो दिनले विद्यार्थी र शिक्षकबीचको सम्बन्धलाई प्रगाढ रुपमा स्थापित गर्नुका साथै गुरु र विद्यार्थीबिच आत्मीयता, श्रद्धा तथा स्नेह कायम गरेर विद्याको क्षेत्रलाई आदर्श एवं सेवामुलक बनाई अघि बढ्न सहयोग मिल्ने विश्वास गरिएको छ ।