धादिङ, साउन ३-यातायात व्यवस्था विभागले सवारी लाइसेन्स निकाल्दा लाग्ने शुल्कमा वृद्धी गरेको छ ।विभागले यही साउन २ गतेदेखि लागू हुनेगरी सवारी चालक अनुमतिपत्र अर्थात्, लाइसेन्सको आवेदन दस्तुर, नयाँ, नवीकरण र प्रतिलिपी शुल्कमा भारी वृद्धि गरेको हो ।
अब लाइसेन्स लिन लिखित परीक्षाको फारम शुल्क २ सय रुपैयाँबाट बढाएर ५ सय रुपैयाँ तिर्नुपर्नेछ भने दुई पाङ्ग्रे सवारी साधनको लाईसेन्स लिँदा र नवीकरण गर्दा ७ सय रुपैयाँको ठाउँमा १५ सय रुपैयाँ तिर्नुपर्नेछ ।
कार, जिप, डेलिभरी भ्यानको १ हजार रुपैयाँबाट बढेर २ हजार रुपैयाँ पुगेको छ ।
यस्तै, मिनीबस, मिनी ट्रकको १५ सय रुपैयाँबाट वृद्धि गर्दै २५ सय रुपैयाँ र ठूला सवारी साधनको लाइसेन्स लिँदा लाग्ने पुरानो शुल्क २ हजार रुपैयाँ बढाएर ३ हजार रुपैयाँ पुर्याईएको छ ।