धादिङ श्रावण ३ । धादिङ जिल्लामा वन जंगल संरक्षण गर्न सहयोग गरेको भन्दै व्यक्ति तथा समुह लाई सम्मान गरिएको छ ।
जिल्लाका सामुदायिक वन, निजी वन र कवुलियती वन जंगल जोगाई वातावरण संरक्षणमा महत्वपुर्ण योगदान पुर्याएकालाई जिल्ला वन कार्यालयले धादिङले पुरस्कृत गरेको हो ।
धादिङ जिल्ला नेपालकै सवै भन्दा वढी ६ सय ९१ सामुदायिक वन हस्तातरण गरेको जिल्ला हो । धादिङ जिल्लामा ६ सय ९१ वटा सामुदायिक बन उपभोक्ता समुहलाई २९ हजार ५० दशमलब सात दुई हेक्टर बन, ७१ हजार ६२ घरधुरीलाई हस्तान्तरण गरिसकेको छ ।
त्यस्तै ४ सय ५३ गोटा कबुलियती बन, ३ हजार ८ सय ७२ घरधुरीलाई १ हजार ७ सय ३१ दशमलब एक सात हेक्टर बन क्षेत्र कबुलियती बनको रुपमा हस्तान्तरण गरिसकेको छ । ।
वन संरक्षणमा जिल्लामा सवै भन्दा उत्कृष्ट रुपमा संरक्षण गर्ने कल्लेरी–३ को कालिकास्थान सामुदायिक वन लाई १० हजार नगद, कवुलियती वन तर्फ उत्कृष्ट काम गर्ने नीलकण्ठ–७ को डम्वरडांडा कवुलियती वन लाई ७ हजार र निजीवन तर्फका वेनीघाट –७ निवासी उज्वल वहादुर गुरुङ्गलाई ६ हजार नगद प्रदान र प्रमाण पत्र प्रदान गरिएको थियो ।