ढल्यो ३ सय ७० वर्ष ईतिहास रचेको सिमलको रुख

Avatar photo
Dhadingpost
शुक्रबार, असार ३१, २०७३


कृष्णबहादुर लामिछाने,
गोरखा असार ३१ – गोरखा तान्द्राङ गाविस वाड नं २ मझिन्थोकमा रेहेको करिब ३७० बर्ष पुरानो रुख ढलेको छ ।
परापूर्व काल देखि चर्चामा आउने गरेको यो पुरानो रुखको ढलेपछिको गोलाई २० मिटिर उचाई ८० मिटर रहेको थियो ।

गोर्खा जिल्लाको उत्तरी क्षेत्रको छुट्टै पहिचान बनाई दिएको यस सिमलको रुख न पानी न हुरी सुनसान रातको समयमा ढलेको स्थानियहरु बताउँछन् ।

गोरखाको तान्द्राङ गाविसमा पहिचान बोकेको यस ऐतिहासिक धरोहर नेपाल कै पुरानो रुख हुन सक्ने स्थानियहरु बताउँछन् ।

तान्द्राङ गाबिसको मझिन्थोक भन्ने ठाउँमा रहेकाले मझिन्थोक आसपासको ठाउँ ‘सिमलाफेद’ नामले परिचित छ । उक्त रुख सिमलको भएकाले सो ठाउँलाई सिमलाफेद नामकरण गरिएको स्थानियहरु बताउँछन् ।
फोटोः राम्जी नेपाल आरुघाट