धादिङ तिप्लिङ असार ३० । उत्तरी धादिङको दोङदेन देवी माध्यमिक विद्यालय तिप्लिङका प्रधानाध्यापक सोमबहादुर तामाङले क्रिते हस्ताक्षर गरी रकम हिनामिना गरेको उजुरी परेको छ ।
सालमा ३ पटक ०७२ साल भर लेखापाल संगिता तामाङको नक्कली हस्ताक्षर र ०७३ सालमा १ पटक टुसा घलेको नक्कली हस्ताक्षेर गरि जम्मा ८ लाख ३ हजार ५ सय ८० रुपैंयाँ रकम निकालेको बैंक स्टेटमेन्ट सहित उजुरी परेको हो ।
२०७२ साल बैशाख बाट टुसा घलेलाई लेखापालमा नियुक्त गरेपछि त्यसअघिका लेखापाल संगिता तामाङको हस्ताक्षर कृते गरी प्रधानाध्यापक तामाङले ४ लाख ४७ हजार १ सय ५२ रकम र बाँकी रकम टुसा घलेको हस्ताक्षेर क्रिते गरि प्रअ सोमबहादुर तामाङ नेपाल राष्ट्रिय वाणिज्य वैकबाट रकम बुझेको उजुरीमा उल्लेख छ ।
लेखापाल दुई संगिता तामाङ र टुसा घलेले गरेको संयुक्त उजुरीमा ममुलुकी ऐन कृते कागजको प्रमाण तथा ठगी गर्ने प्रधानाध्यापक तामाङलाई कानुनी कारबाही उललेख गरिउको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङमा असार १९ गते दिएको उजुरी उपर छानविन भईरहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले बताउनु भएको छ । यदि उक्त उजुरी सत्य भए कानुनी कठघरमा ल्याउने सुवेदीले बताउनु भयो । प्रअ तामाङलाई फोनमा सम्पर्क गरि यथार्त बुझन खोज्दा सम्पर्क हुन सकेन ।