नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्रले अविश्वास प्रस्ताव दर्ता गरेपछि संकटमा परेको ओली सरकारको पक्षमा समर्थन जुटाउन भोली राजधानीमा ऐक्यबद्धता र्याली आयोजना हुने भएको छ ।
स्वतन्त्र युवा अभियानले ओली सरकारको पक्षमा ऐक्यबद्धता जनाउन आह्वान गर्दै सकेसम्म राष्ट्रिय झण्डासहित शुक्रवार ३ बजे माइतीघर मण्डलामा उपस्थित हुन आग्रह गरेको हो । ‘सम्पूर्ण राष्ट्रप्रेमी र विकासप्रेमी युवा साथीहरुमा उपस्थितकिा लागि अनुरोध छ’ विज्ञप्तिमा उल्लेख छ ।