धादिङ असार ३०
बैठकमा पार्टीको भूमिका र पछिल्लो राजनीतिक परिस्थिति बारे छलफल गर्न नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ ।
नयाँबानेश्वर स्थित संसद् भवनमा दिउसो ३ बजेको लागि बोलाइएको बैठकमा नेपाली कांंग्रेस र नेकपा माओवादी केन्द्रले राखेको अविश्वासको प्रस्तावको सामना गर्ने बारे छलफल हुने जनाइएको छ ।
बैठकमा सांसदहरुलाई पछिल्लो घटनाक्रम बारे जानकारी गराइने र शुक्रबारको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्ने एमाले तयारी रहेको छ । एमालेले आफू नेतृत्वको सरकारको औचित्य पुष्टि गर्ने गरी बैठकमा छलफल गर्ने तयारी गरेको छ ।
प्रमुख सत्ता साझेदार दल माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँग सरकारका अल्मतमा परेको छ ।