हत्या अभियोगमा धादिङका एक युवक पक्राउ

Avatar photo
Dhadingpost
बिहिबार, असार ३०, २०७३

धादिङ असार ३०

criminal
नारायगढको एक होटलमा चार दिन अघि युवतीको हत्यामा संलग्न रहेको अभियोगमा धादिङका एक युवक पक्राउ परेका छन ।
पक्राउ पर्नेमा धादिङ गुम्दी गाविस वडा नं. ९ का २६ वर्षिय हेम बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
थापालाई प्रहरीले गत मंगलबार दिउसो धादिङबाट प्रक्राउ गरि राति नै चितवन ल्याईएको प्रहरी जनाएको छ ।
असार २६ गते नारायगढस्थित कलश होटलमा भरतपुर उपमहानगरपालिका १६ मंगलपुरकी २७ वर्षे रीता भुजेललाई हत्या गरेको प्रहरी जनाएको छ । सो होटलमा भुजेलसँगै बसेका थापाले हत्या गरि फरार रहेका थिए । प्रहरीका अनुसार अभियुक्त थापाले सुरुमा मुसा मार्ने विष मिसाएर खुवाएको र पछि छटपटिन थालेपछि सलले घाँटीमा बाँधेर हत्या गरेको स्विकारेका छन ।