धादिङ असार २८ । नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई गरेको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको पत्र मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाए सँगै सरकारबाट बाहिरिएको हो ।
विगतमा सत्ता साझेदारी गर्ने गरि भएको नौ बुँदे सहमति र तीन बुँदे भद्र सहमति कार्यान्वयन नभएको भन्दै माओवादी केन्द्रले सरकारबाट बाहिरिएको बताएको छ ।
एमाले नेतृत्वको सरकारबाट पार्टीको समर्थन फिर्ता लिएका छौं ।’अब सहमतिको आधारमा सरकार बनाउने वातावरणको बटो खुलेको प्रचण्ड सचिवालयले हामीलाई बतायो ।
पार्टी अध्यक्ष प्रचण्डको पत्र माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीलाई पत्र थमाउनु भएको थियो।