धादिङ असार २८

सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । यससँगै ओली सरकार संकटमा गरेको छ ।माओवादी अध्यक्ष प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका हुन्। स्रोतका अनुसार प्रचण्डले ‘मैले (सरकारलाई दिएको समर्थन फिर्ता लिने) निर्णय गरेँ’ भनेर पार्टीका नेताहरुले सन्देश पठाएका छन् ।
वनमन्त्री अग्नि सापकोटाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको पुष्टि गरे ।प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र पार्टीका नेता नेता जनार्दन शर्मा प्रभाकरलाई दिएका छन् । उनी पत्र बोकेर प्रधानमन्त्री कार्यालय बालुवाटार र राष्ट्रपति कार्यालय शीतल निवास जाँदैछन् ।
स्रोतका अनुसार दुवै नेताले राष्ट्रपति र प्रधानमन्त्रीलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने पत्र बुझाएका छन् ।माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले अध्यक्ष दाहालले पत्र सभामुख ओनसरी घर्तीकहाँ पुर्याएका छन् ।
दाहालले ओलीलाई सम्बोधन गरी लेखेको पत्रमा सहमतीय सरकारका लागि मार्ग प्रशस्त गर्न सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको उल्लेख छ ।
माओवादी केन्द्रको समर्थनमा गत असोज २४ गते प्रधानमन्त्रीमा चुनिएका थिए ।
