ब्रुससवाङका चेपाङले बुझाए एलडिओलाई ७ बुँदे माग पत्र

Avatar photo
Dhadingpost
सोमवार, असार २७, २०७३

धादिङ असार २७ । दक्षिण धादिङको महादेवस्थान ३ ब्रुससवाङका चेपाङ समुदायहरुले सोमबार स्थानिय बिकास अधिकारी भगवान् अर्याललाई माग पत्र बुझाएका छन् ।

ब्रुससवाङका चेपाङ समुदायहरुले खानेपानी, शिक्षा, स्वास्थ्य, यातायात, बिधुतको ब्यबस्था गरिनु पर्ने र गाउँलाई चेपाङ पर्यटक क्षेत्र बनाउन पुर्वाधार निमार्णमा सहयोग गर्ने भन्दै ७ बुदे माग पत्र बुझाएको हो ।

महादेवस्थान गाविसको चेपाङ समुदायहरुलाई लक्षित गरी बैकल्पिक उर्जामा आधारित लिप्ट खानेपानी सोलार मिनी ग्रिड परियोजना तथा आर्यआर्जन कार्यक्रम र बु्रसवाङ लिप्ट खानेपानी परियोजनाको लागि १ करोड ४० लाख विनियोजन गरिएको आर्थिक बर्ष २०७२÷७३ को अन्त हुन लाग्दा समेत काम सुरु नभएकोमा आपत्ति जनाएका छन् ।

गत बर्षको आर्थिक बर्षमा महादेवस्थानका वडा नागरिक मञ्चका संयोजक टेक बहादुर लामाले पुर्ण बहादुर चेपाङको अध्यक्षतामा उपभोक्ता समितिको समेत गठन गरेको थियो । जस मध्ये १ करोड ५ लाख कोरिया सरकारको दातृ निकाय कोइका र युएन डि पी मार्फत उपलब्ध गराउने गरी रु ३५ लाख जिविसले सहयोग गर्ने, गरी जिल्ला परिषदबाट २०७१-७२ मा स्वीकृत भएको माग पत्रमा उल्लेख गरिएको छ ।

यसै गरी माग पत्र बुझ्नु हुँदै स्थानिय बिकास अधिकारी भगवान् अर्यालले खानेपानीको मुहान पहिचान गर्न सके जिल्ला विकास समिति धादिङ र अन्य निकायबाट सहयोग गर्न तयार रहेको बताउनु भयो ।

चेपाङ समुदायमा ४ महिना आफ्नो जग्गामा उब्जेको अन्नले खान पुग्ने र बाँकी महिनाहरुमा जंगलमा उम्रेका कन्दमुल, काँचो गिठ्ठी भ्याकुर र अरुको नोकरी गर्नु पर्ने महादेवस्थानका फूलमाया चेपाङले बताउनु भयो । महादेवस्थान गाविसका वडा नंम्बर ३ ब्रुससवाङ गाउँमा ३१ परिवारले बसोबास गर्दै आईरहेको छ ।