धादिङबेसी असार २६ । सरकारी मापदण्ड भन्दा बढी रकम लिने इन्जिनियरहरुलाई कानुनी कारबाही हुने भएको छ ।
भुकम्प प्रतिरोधात्मक घर बनाउँदा इन्जिनियरहरुले मनपरी ढंगले रकम लिने गरेको हल्ला बाहिर आए सँगै जिल्ला प्रशासन कार्यालय धादिङका राममणि मिश्रले त्यस्ता इन्जिनियरलाई कार्वाही गरिने बताउनु भएको हो ।
महिला कानुन र बिकास मञ्च धादिङले शनिबार धादिङबेसीमा आयोजना गरिएको भुकम्प पछिको प्रतिकार्यमा लैङिगक तथा सामाजिक समावेशीकरण अनुगमन तथा सूचना आदान प्रदान कार्यक्रममा मिश्रले सो कुरा बताउनु भएको थियो ।
यसै गरी भुकम्प प्रतिरोधात्मक घर बनाउन इन्जिनियरहरुले एउटा घरको नक्सा कोरे बापत पीडितसँग १८ हजार देखि २० हजार सम्म लिने गरेको पीडितहरुले गुनासो गरेका छन् । धादिङ जिल्लाकै एक मात्र निलकण्ठ नगरपालिकाका आसपासका गाविसहरुमा इन्जिनियहरुले पीडितसँग मनपरी ढंगले रकम लिने गरेको पीडितहरुले बताएका थिए । फाईल फोटो