धादिङबेसी असार २३ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङमा २०७२ साल साउन देखि हाल सम्म २७ सय ८४ जना विरामीहरुले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् । जस मध्ये ८ सय ६३ जना पुराना विरामीहरु रहेका छन् । यो संख्या विगतमा उपचार गराउने रेसियोमा बढीभएको जिल्ला आयुर्वेद केन्द्र धादिङले बताएको छ ।
बिशेष गरी आयुर्वेद स्वास्थ्य केन्द्रमा ग्याष्टिक, बाथ सम्बन्धी पाइलस, पिनास र स्त्री रोगका विरामीहरु आउने गरेका छन् । विरामीहरु मध्ये पनि बालबालिका बुढा बुढीहरु रहेका छन् । बिरामीहरुको चाप अहिले बढेको तर बजेटका कारण बिरामीहरुको लागि औषधी प्रयाप्त मात्रामा नभएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका कविराज निरीक्षक प्रकाश सापकोटाले बताउनु भयो ।
अस्पताल स्थापना भए देखि नै केन्द्रले बिरामीहरुको लागि आवश्यक पर्ने औषधी तथा टिकटहरु निशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । अघिल्लो बर्षको तुलनामा यस बर्ष विरामीहरु २५ प्रतिशतले बृद्धि भएको छ ।
यसैगरी ६५ बर्ष कटेका बृद्ध बृद्धाहरुलाई स्वास्थ्य प्रबर्धन कार्यक्रम र स्तनपाई आमाको लागि सुत्केरी भए देखि ६ महिना सम्म स्तन्य बर्ग औषधी बितरण गर्दै आईरहेको छ । जुन औषधीले सुत्केरी आमाहरुको दुध आउने कार्यालयले जनाएको छ ।
त्यसैगरी स्नेह स्वय् कार्यक्रम अन्तर्गत प्रत्येक आईतबार र बुधबार नसा सम्बन्धी बाथका रोगीहरुलाई मालिस गर्ने कार्यक्रम पनि सञ्चालन गर्दै आई रहेको छ ।