समाचार संकलनमा मानवीयतालाई ख्याल गरौं -लम्साल

Avatar photo
Dhadingpost
बिहिबार, असार २३, २०७३

धादिङबेसी असार २३ । हिंसा तथा विपदको समयमा पत्रकारले समाचार संकलन संगै मानवीयतालाई ख्याल गर्नुपर्ने नेपाल पत्रकार महासंघका सचिव ध्रुव लम्सालले बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रकोे आयोजनामा बिहिबार धादिङका पत्रकारहरुसंग भएको विपद तथा हिंसाको घटनाहरुको रिर्पोटिङ विषयक अन्तरक्रिया कार्याक्रम लम्सालले सो कुरा बताउनु भएको हो ।

विपद्को अवस्थमा पत्रकारीता गर्दा समाचार नबनोस तर त्यो क्षण पत्रकारले मानवियताको कुरालाई ध्यान दिनु पर्ने सहभागि पत्रकारलाई सचिव लम्सालले सचेत गराउनु भएको थियो ।

पत्रकारहरुसंग अन्तरक्रिया गर्दै लम्सालले विपदको समयमा रिर्पोटिङ गर्दा पत्रकारहरुले सम्बन्धी विषय बस्तुमा केन्द्रित हुनु पर्ने, रिर्पोटिङको लागि आवश्यक सामग्री र आफुले समाचार संकलन गर्न जाने स्थानको बारेमा अग्रिम जानकारी लिई पुर्व तयारीका साथ जानुपर्ने बताउनु भयो ।

अन्य जिल्लाको तुलनामा भौगोलिक हिसाबले धादिङ जोखिमपुर्ण रहेकोले रिपोर्टिङ गर्न जाने स्थानको बारेमा संभावित अध्ययन, स्थानिय संगै सरोकारवालाहरु संगको समन्वयमा पत्रकारले विशेष ध्यान दिनुपर्नेमा उहाँको जोड थियो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा धादिङका सबै संचार गृहमा काम गर्ने पत्रकारहरुको सहभागिता रहेको थियो ।