पार्टी एकतापछि माओवादी केन्द्रको महाधिवेशन पुस २३ देखि

Avatar photo
Dhadingpost
असार २३, २०७३

धादिङ असार २३
19052016052001NCP_Maoist_Kendra_02-1000x0

राजधानीमा बसेको माओवादी पोलिटब्यूरो बैठकले महाधिवेशनको मिति तय गरेको छ ।एकतापछि नेकपा माओवादी केन्द्रका आठौं महाधिवेशन आगामी पुस २३ देखि २७ गतेसम्म काठमाडौंमा हुने भएको छ।

रामबहादुर थापा नेतृत्वको क्रान्तिकारी नेकपा माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, मातृका यादव नेतृत्वको नेकपा माओवादी लगायत दस कम्युनिष्ट घटकहरुबीच पार्टी एकता भएपछि महाधिवेशन गर्न लागेको हो।यस्तै माओवादीले आफ्ना सबै कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरिसकेको छ ।उनीहरुबीच पार्टी एकतापछि महाधिवेशनमा जाने सहमति भएको थियो । त्यही अनुसार महाधिवेशनको मिति तय गरेको हो ।