नेपाल भारत प्रबुद्ध समूहको बैठक सकियो , पुराना सन्धि सम्झौता पुनरावलोकन हुने

Avatar photo
Dhadingpost
मङ्लबार, असार २१, २०७३

धादिङ असार २१
download (7)
काठमाडौंमा सोमबार र मंगलबार भएको बैठकमा नेपाल भारतको सम्बन्ध विस्तारमा दुवैपक्ष एक भएर काम गर्ने सहमती सहित नेपालभारत प्रबुद्ध समूहको बैठक सकिएको छ ।
दुई देशबिचको सम्बन्धलाई उचाइमा पु¥याउन प्रबुद्ध समूहले ठोस परामर्श गर्ने भन्दै कोसियारीले १९५० को सन्धिबारे दुवै देश औपचारिक रुपमा नबोलेका बेला यो बैठकले विशेष महत्व राखेको बताउनुभयो ।प्रबुद्ध समूहको बैठक अहिलेसम्मकै सौहार्दपूर्ण भएको भन्दै उहाँले ३/३ महिनामा हुने बैठकले नेपाल भारतबिच दिर्घकालसम्म सम्बन्ध बलियो हुने विश्वास ब्यक्त गर्नुभयो । १९५० को सन्धीपछि दुवै देशको सामाजिक आर्थिक सम्बन्धमा फेरवदल भएकाले त्यसलाई पनि आत्मसाथ गरेर अघि बढ्नुपर्नेमा दुवैपक्ष सहमत भएको उहाँले बताउनुभयो ।
दुई देशबिच १९५० र त्यसपछि भएका सन्धिसम्झौता र तिनको पुनरावलोकनका बारेमा छलफल भएको दुवैदेशका प्रतिनिधिले जानकारी दिएका छन् । बैठकपछि भारतीय टोली संयोजक भगतसिंह कोसियारीले सन् १९५० देखि अहिलेको नेपाल भारत सम्बन्धलाई कसरी नयाँ उचाइमा पुर्याउने भन्ने विषयमा छलफल केन्द्रित भएको जानकारी दिनुभयो ।

नेपाली टोलीका संयोजक भेषबहादुर थापाले अहिलेको बैठक परिचयात्मक र गाइडलाइन तय गर्ने विषयमा केन्द्रित भएको जानकारी दिँदै नेपाल भारत सम्बन्धलाई नयाँ ढंगले अघि लैजानुपर्ने विषयमा पनि छलफल भएको बताउनुभयो।
सम्बन्ध सुधारको नयाँ प्रक्रिया सुरु भएको भन्दै संयोजक थापाले सन् १९५० र त्यसयताका हरेक सम्झौताका ठेलीको समिक्षा र पुनरावलोकनमा यो बैठक कोषेढुंगा सावित हुने बताउनुभयो ।