इस्लामिक स्टेट (आईएस) समुहले बगदादमा गराएको कार बम बिस्फोटनमा परी कम्तिमा ७९ जनाको मृत्यु भएको छ भने १३१ जना घाइते भएको इराकी प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।कार बम इराकको मध्य जिल्ला कार्राडास्थित व्यस्त बजारको रेस्टुरेन्ट तथा सपिङ कम्प्लेक्स नजिक गराइएको थियो ।यस्तै राजधानबिाट उत्तरस्थित सिया समुदायको बाहुल्यता रहेको क्षेत्रमा भएको अर्को बिस्फोटमा ५ जनाको मृत्यु भएको छ ।
उक्त कार बम बिस्फोट इराकमा भएको यो वर्षकै सबैभन्दा ठूलो बिस्फोट हो । इराकी सुरक्षा फौजले आईएसका उग्रवादीहरुबाट फलुजा सहर पुन: आफ्नो कब्जामा लिएको एक हप्तापछि बिस्फोटन गराइएको हो ।
अधिकारीका अनुसार आईएसका उग्रवादीहरुले फलुजालाई बेस बनाएर राजधानी बगदादमा आफ्नो प्रभाव विस्तार तथा आक्रमण गर्दै आइरहेका थिए ।अाईएसले सामाजिक सञ्जाल मार्फत प्रेस विज्ञप्ती जारी गर्दै हमलाकाे जिम्मेवारी लिएकाे छ ।