वैकल्पिक बाटो अपनाउदा पनि मुग्लिन जतिकै समस्या

Avatar photo
Dhadingpost
शनिबार, असार १८, २०७३

धादिङ असार १८13563499_1445398092152878_371841711_n

पृथ्वीराजमार्ग अन्र्तगत चितवनको मग्लिन नारायगढ सडक खण्डमा पानि परेसँगै पहिरो खसेर बाटो अवरुद्ध हुँदा हजारौ सवारी साधन घण्टौ जाममा फस्ने गरेको छ । प्रहरीले पनि वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिरहदा आजभोली नेपालकै पहिलो र पुरानो त्रिभुवन राजपथमा सवारी साधनको चाप बढन थालेको छ । साघुरो बाटो बेलैमा स्तर उन्नति हुन नसक्दा ठूलो सवारी साधन पार गर्नको लागि समस्या भई्रहेको बताइएको छ ।
बाटो साघुरोको साथै मुग्लिन नारायणगढ सडक खण्ड पहिरोले अवरुद्ध हुन थालेपछि आजभोली पूर्वी नेपाल जाने लामो दुरिका सवारी साधनको साथै पश्चिम नेपाल बुटवल अर्घखाचि दाङ पाल्पा तथा चितवन नारायणगढका सवारीले हाल त्रिभुवन राजपथलाई वैकल्पिक मार्गको रुपमा प्रयोग गर्दै आएका छन ।

यस बर्ष वर्षायाम भरि मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध हुने भएकाले यस मार्गमा सवारी साधनको चाप बढने  देखिएका छन । साघुरो बाटोमा सवारीको चापको कारण दुर्घटनाको जोखिम बढदै गएको र यसको लागि सम्बन्धित निकायले बैलेमा ध्यान ध्यान दिनुपर्ने धादिङ थाक्रेबाट बिकास भण्डारीले धादिङ पोष्टलाई जानकारी दिनु भयो ।