विश्वदिप डिसी,
धादिङ जोगिमारा असार १७ । धादिङ जिल्लाको जोगीमारा गाविस कार्यालयमा भुकम्प पिडितहरुले तालाबन्दी गरेका छन् ।
बिहानै देखि परेको पानीमा रुझ्दै १२ वजे गाविस कार्यालय आईपुगेका जोगीमाराका भुकम्प पिडितहरुले लाभग्राहि सुचिमा आफ्नो नाम नपरेको भन्दै गाविसमा तालाबन्दी गरेका थिए ।
सहि तरिकाले सर्वेक्षण नगरेको र पहिलो चरणमा पुर्ण क्षतिमा परेका घरहरु अहिले सुचिमा नपरेको र पहिला पूर्ण क्षेतिमा नपरेका घरहरु सुचिमा समावेस भएको विरोधमा आज गाविस कार्यालय तालाबन्दी गरेका हुन् ।
जोगिमाराको समस्या लिएर हामी धादिङ सिडियो कार्यालय गयौ तर सिडियोले कुनै वास्ता नगरे पछि स्थानिय स्थरबाट आन्दोलन सुरुगरेको एक भुकम्प पिडितले बताए ।
जोगिमारामा सर्वेक्षणमा आउने प्राविधिकले पहिला पुर्ण क्षतिमा परेका र अहिले नपर्नु, पहिले पुर्ण क्षतिमा नपरेका अहिले पुर्ण क्षतिमा पर्नु, एउटै नछुट्टिएको परिवारका २-४ जनाले पाउने गरि सुचिमा नाम सार्वजनिक भएको भन्दै सर्वसाधारणले तालाबन्दीको बेला आक्रसो पोखेका थिए ।
जोगीमाराका चेपाङहरुको नत आफ्नो नाममा जग्गा छ नत अहिले बस्ने ठाउँ, यस विषयमा पनि जिल्ला दैविक उद्दार समितिले खास योजना ल्याउन नसकेको उनहिरुले बताए । चेपाङ जस्को जग्गै छैन खोरिया बनाएर बसेका छन्, कि लालपुर्जा दिई सम्झौता गर्नु परयो, कि सिधै आवास निर्माणको लागि रकम दिनु पर्यो जिल्लाका दलहरु यस विषयमा किन मौन छन् । उनहिरुले तालाबन्दी गर्दै गर्दा बताएका आवाजहरु हुन यी ।