आज बाटो खुल्ने सम्भावना कम,नारायगढ- मुग्लिन सडक खण्ड अबरुद्ध ( अपडेट)

Avatar photo
Dhadingpost
शुक्रबार, असार १७, २०७३

धादिङ असार १७
Muglin (1)
शुक्रबार बिहानैदखि परेको अबिरल वर्षाकाकारण नारायणगढ मुग्लिन सडक खण्डको दर्जनौं ठाउँमा पहिरो जाँदा बाटो खुल्ने सम्भावना अनिश्चितबनेको छ। नरायाणगढ मुग्लिन सडक निर्माण आयोजनाले सो सडक खण्डको साटो वैकल्पिकमार्ग अपनाउनयात्रु तथा गाडी धनीलाई अपिलसमेत गरेको छ।

सडक निर्माण आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार सो सडकमा आज कम्तिमा ३० ठाउँमा पहिरो खसेको छ। चार ठाउँमा खसेको पहिरो निकै ठूलो छ। चार किलो, पाँचकिलो, जलबिरे र भालु ढुंगामा खसेको पहिरो निकै ठूलो भएको इन्जिनियर खनालले बताए। जल तथा मौसम विज्ञान विभागले वर्षा निरन्तर रहने बताएको र वर्षा नरोकिए आज बाटो खुल्न नसक्ने इन्जिनियर खनालले जानकारी दिए।

यो सडक पूर्व र पश्चिम नेपाललाई राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरासँग जोड्ने मुख्य मार्ग हो। दिनहु १० हजारका हाराहारीमा गाडी ओहोर दोहोर गर्ने यो सडक खण्डलाई दुई लेनको बनाउने काम सुरु भएको छ। सडक विस्तारकालागि पहाड काटेको ठाउँमा वर्षायाम सुरु भएसँगै पहिरो गएर घण्टौं गाडी बन्दहुने समस्या सुरु भएको छ ।muglin

आयोजनाले लाइनमा बसेका साना गाडीहरुलाई समेत सम्भव भए फर्कन र वैकल्पिक मार्ग अपनाएर काठमाडौं जान भनेको छ। वैकल्पिक मार्गहरु सोचेभन्दा छोटो र सजिलो पनि रहेको आयोजना कार्यालयको भनाइ छ। काठमाडौंबाट पूर्व जान आउन त्रिभुवन राजपथ हुँदै हेटौंडा निस्कन सकिन्छ। यो बाटोहुँदै जाँदा हेटौंडा पुग्ने दूरी १०६ किलो मिटर कमहुने इन्जिनियर खनालले बताए।

काठमाडौंबाट मुग्लिननारायणगढहुँदै हेटौंडा दूरी २२१ किलो मिटर छ। काठमाडौं नौबिसे, भैसे हेटौंडा दूरी ११५ किलो मिटर मात्रै छ। तर यो बाटो साँधुरो र धेरै मोड भएको छ। हेटौंडा नारायणगढ दूरी ७२ किलो मिटर छ। ठुला गाडीलाई यो मार्ग पनि खासै सहज देखिँदैन।

काठमाडौंबाट पूर्व जान विपी राजमार्ग पनि प्रयोग गर्न सकिने आयोजना कार्यालयले जनाएको छ । यो राजमार्ग १५८ किलो मिटर छ। यो दूरीमा काठमाडौंबाट बर्दिबास पुगिन्छ। तर यो बाटो ठूला गाडीका लागि नभएर पूर्वबाट आउने साना गाडीलाई मात्रै उपयुक्त छ। पश्चिम जाने गाडीहरुले पोखरा, स्याङ्जाहुँदै बुटवल पुग्ने सिद्धार्थ राजमार्ग प्रयोग गर्न सक्ने छन्।

काठमाडौं, मुग्लिन, नारायणगढहुँदै बुटबल पुग्ने दूरी २५८ किलो मिटर छ। मुग्लिनबाट तनहुँ, पोखरा, स्याङ्जाहुँदै सिद्धार्थ राजमार्गबाट बुटवल पुग्ने दूरी ३५२ किलो मिटर छ। मुग्लिनबाट वैकल्पिकमार्ग अपनाएर बुटवल पुग्न नारायणगढ हुँदै जानेभन्दा ९४ किलो मिटर बढी दूरी पार गर्नु पर्छ । यो वैकल्पिक रुट पनिखासै सहजभने छैन । तर पहिरो र जाममाभने नपरीने हुँदा तुलनात्कम रुपमा सहजिलो हुने अधिकारी बताउँछन्।