जेठको अन्तिम दिन नेपाल भित्रिएको मौसम अब भने सक्रिय हुदै जाने भएको छ । देशको बिभिन्न भूभागमा शुक्रवार झरि पर्ने भएको छ । यो क्रम शनिबारसम्म देशभर झरी पर्ने मौसमविद्ले बताएका छन् । पूर्व र पश्चिमी क्षेत्रका केही ठाउँमा भने ठूलो पानी पर्ने अनुमान गरिएको मौसमविद् सुजन सुवेदीले बताउनुभयो ।
उहाँका अनुसार बंगालको खाडी र अरेबियन सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले पूर्व र पश्चिमका केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ । अरु ठाउँमा हल्कादेखि सामान्य पानी पर्ने उहाँले जानकारी दिनुभयो । गत वर्षको बैशाख १२ गतेको भूकम्पले हल्लाएको जमिन कमजोर भ्रएको हुदा पानी परेपछि पहिरो जान सक्ने भएकोले सजकता अपनाउन महाशाखाले अनुरोध गरेका छन ।