धादिङको रि गाविस स्थित चेप्राङ पहिरो २२ घर जोखिममा (फोटोफिचर)

Avatar photo
Dhadingpost
बिहिबार, असार १६, २०७३

धादिङ असार १६

30062016054410Dhading1-1000x0

गएरातिदेखि परेको अविरल वर्षाले चारैतिर पहिरो गएपछि जिल्लाको उत्तरी विकट गाविस रीगाउँ–९ चेप्राङ्गका २२ घर जोखिममा परेका छन् । बस्तीको दुवैतिरबाट ठूलो पहिरो खसेपछि बस्ती संकटमा परेको हो ।30062016054411Dhading3-1000x0

अर्को बस्तीमा जाने पंगली खोलामा पनि पहिरोछ, पूर्वतर्फ पनि चेप्राङ्गखोला राति १० बजेबाट परेको पानीले पहिरो आएपछि सवै बाटो अवरुद्ध छ । चारैतिर ढुङ्गा खसिरहेको आवाज आएको छ ’ स्थानीय सैनीमाया तामाङ्गले फोनमा भनिन् ।30062016054411Dhading4-1000x0

‘६ घरका १९ जना अशक्त, बालवालिका, बृद्ध र सुत्केरीलाई लिएर हिजो राती देखिनै ठूलो ढुङ्गामा रात कटायौं’, स्थानीय युवा कान्छा तामाङ्गले प्रजिअ विश्वप्रकास सुवेदीलाई फोनमा जानकारी दिएका थिए ।30062016054412Dhaing2-1000x0

 

तस्बिर:हरिहरसिंह राठौर