धादिङ असार १६
आफगानिस्तानजको राजधानी काबुलमा गत असार ६ गते भएको आत्मघाती हमला भएको घटना सेलाउन नपाउदै विहिवार फेरी अर्को आत्मघाती हमला भएको छ ।गत असार ६ गते भएको हमला १३ नेपाली र २ भारतीय सहित १५ जानको मृत्यु भएको थियो ।अफगानिस्थानको राजधानी काबुलबाहिरको क्षेत्रमा प्रहरी प्रशिक्षार्थीहरुको गाडीमा गरिएको आत्मघाती आक्रमणमा परी ४० जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अधिकांस प्रहरी अधिकृतहरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।बीबीसीका अनुसार दुई वटा आत्मघाती बम ति ग्राजुएट्स कार्यक्रमबाट फर्कंदै गरेको प्रशिक्षार्थीलाई लक्षित गरेर काबुलको पश्चिमी बाहिरी क्षेत्रमा विष्फोट गराइएको थियो ।
पागमान डिष्ट्रिक्टका गभर्नर हजी मोहम्मद मुसा खानले बिष्फोटमा धेरै जना घाइते भएको बताए ।
तालिवानले विष्फोटनको जिम्मेवारी लिएको छ ।