भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने अडानबाट प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस पछि हटेपछि शुक्रबारदेखि अबरुद्ध संसद सुचारु हुने भएको छ। प्रमुख दलले गठन गरेको संयुक्त कार्यदल र शीर्ष नेताबीचको संयुक्त बैठकमा भूकम्प पीडितलाई दुई किस्तामा राहत अनुदान दिने विषयमा सहमति जुटेपछि व्यवस्थापिका संसद बैठक सुचारु हुने भएको हो।
सत्ता र प्रतिपक्षबीच भूकम्प पीडितलाई घर निर्माणका लागि सुरुमा डेढ लाख रुपैयाँ र घर निर्माण सकिएपछि बाँकी पचास हजार गरी दुई किस्तामा रकम दिने बुधबार सहमति भएको छ ।संसद भवन नयाँ बानेश्वरमा शीर्ष नेताहरुबीच भएको बैठकमा उक्त सहमति भएको हो । एमालेका प्रमुख सचेतक भानुभक्त ढकालका अनुसार नेताहरुबीच उक्त सहमति भएको हो ।
प्रमुख प्रतिपक्षी काँग्रेसले भूकम्प पीडितलाई घर निर्माणका लागिथ दिने भनिएको दुई लाख रुपैयाँ रकम एक मुष्ठ दिनु पर्ने माग गर्दै संसद पाँच दिन देखि संसद अबरुद्ध गर्दै आएको थियो ।
संसद खुलाउन लागि औपचारिक र अनौपचारिक रुपमा सत्ता पक्ष र प्रतिपक्षी बीच बनेको कार्यदलले बैठक बसेर सहमतिको प्रयास गर्दै आएको थियो । मंगलबार कार्यदलका सदस्यहरूबीच दुर्इ किस्तामा रकम दिने सहमति बनेपनि कति दिने भन्ने टुंगाे लागेकाे थिएन । यही क्रममा बुधबार बिहान बसेको कार्यदलको बैठकमा सुरूमा डेढ लाख र काम सकिएपछि बाँकी पचास हजार रूपैयाँ दिने गरी सहमति जुटेकाे हाे ।
प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्दै
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माण र अफगानिस्तान घटनाका विषयमा व्यवस्थापिका–संसद्लाई सम्बोधन गर्ने भएका छन् ।
आज दिउँसो २ बजे बस्ने सदनको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको उपप्रधानमन्त्री भीम रावलले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग भूकम्पपीडित जनताई आवास निर्माण गर्न एकमुष्ट रुपमा रु दुई लाख र दुई प्रतिशत ब्याजदरमा रु १५ र २५ लाख दिनुपर्ने मागका विषयमा सहमति भएपछि अवरुद्ध सदन सुचारु हुन लागेको हो । सो माग पूरा गराउन नेकाले सदन अवरुद्ध गराउँदै आएको छ ।
आज बिहान ११ बजे बस्ने कार्यतालिका रहेको बैठक विशेष कारण आजै २ बजेसम्मका लागि सूचना टाँस गरी स्थगन भएको थियो ।