थाँक्रेमा ट्याङ्कर दुर्घटना हरिबहादुर भुजेलको मृत्यू

Avatar photo
Dhadingpost
बुधबार, असार १५, २०७३

विकास भण्डारी, धादिङ थाँक्रे असार १५ ।
धादिङ जिल्लाको थाँक्रे गाविस वर्डा न. ८ को ७ घुम्तीमा ट्याङकर दुर्घटना हुँदा स्थानिय हरिबहादुर भुजेलको घटना स्थल मै मृत्यू भएको छ ।
बिहान ८ बजे अम्लेख गंजबाट पेट्रोलियम पदार्थ बोकेर काठमाडौ जाँदै गरेको ना. ३ ख. ३१२७ नम्बरको ट्याङ्कर पट्टा भाँचिय पछि दुर्घटना हुँदा स्थानिय भुजेलको मृत्यू भएको हो ।