आज १५ असार (फोटो फिचर)

Avatar photo
Dhadingpost
बुधबार, असार १५, २०७३

धादिङ असार १५download (2)

 

असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइन्छ  मुठी खाएर मुरी उब्जाउने’ महिना

गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।download (3)

असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।download (4)

कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।download (5)

‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ

आकासे पानीको भरमा धान खेती गर्नुपर्ने बाध्यतामा रहको किसानका लागि यो वर्ष परिणम सुखद् हुने देखिएको छ ।

Picture003
मौसमले साथ दिएका कारण यो वर्ष बैलैमा रापाईं सुरु भएको छ भने लामो समय मौसम अनुनूलहुने विज्ञहरुको पूर्वानुमानले किसानमा आशा पलाएको छ ।

tumblr_inline_mp5i1freeB1qz4rgp

 

IMG_2887