धादिङ असार १३
पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । आयतबार रातिदेखि अवरुद्ध भएको सडक सोमबार दिउँसो तीन बजेदेखि एकतर्फी रुपमा खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आइतबार राति परेको ठूलो पानीका कारण सडक अवरुद्ध गरेको भएको थियो । राति एकैछिन एकतर्फी बाटो खुलाएपनि फेरि पहिरो खसेपछि बाटो अबरुद्ध थियो । अवरुद्ध बाटो पहिलो पन्छाएर एकतर्फी रुपमा खुलाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।