सिंगापुर एयरको जहाजमा आगलागी

Avatar photo
Dhadingpost
असार १३, २०७३

सिंगापुर, असार १३ (एजेन्सी)

सोमबार बिहान सिंगापुर एयरलाइन्सको एक जहाजमा आगलागी भएको छ।timthumb सिंगापुरको चाङ्गी विमानस्थलमा बोइङ ७७७-३०० ईआर जहाज इटाली मिलानका लागि उडेको थियो। इन्जिनमा समस्या भएपछि जहाज फिर्ता आएको थियो। जहाज ल्याण्ड भएसँगै दाँया पखेटामा आगोको लप्का देखिएको थियो।
तत्काल उद्धार गरिएकाले कोही यात्रु घाइते नभएको एयरलाइन्स कम्पनीले जनाएको छ। जहाजमा २२२ जना यात्रु र १९ जना चालक दलका सदस्य थिए। आपतकालिन सेवाका कर्मचारीले तत्कालै यात्रुलाई भर्‍याङ लगाएर झारेका थिए।
एयरलाइन्सका अनुसार यो जहाजका यात्रुलाई अर्को जहाजबाट इटालीको मिलान पठाइको छ।