पहिरोले अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो

Avatar photo
Dhadingpost
आइतवार, असार १२, २०७३

धादिङ14237992474_e88e774c3a_c,असार १२ – पहिरोका कारण शनिबार रातिदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । आइतबार बिहान सवा आठ बजे दुईतर्फी नै बाटो खुलाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
सडक बिस्तारको काम भइरहेकाले पानी पर्ने बित्तिकै यो सडकखण्ड अवरुद्ध हुँदै आएको छ । ठूलो पानी परेपछि पहिरोको उच्च जोखिम रहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताउनुभयो ।
उहाँका अनुसार गएको चार महिना दिउँसो चार घण्टा आवतजावत नै बन्द गरेर काम गर्ने गरिएकोमा अहिले आवतजावत नरोके पनि काम भने भइरहेको छ । भूगोलको हिसाबले पनि डाँडा धेरै भएकाले नयाँ कटान गर्दा पानी परे पहिरोको उच्च जोखिम हुने उहाँको भनाई छ ।
पहिरो खस्ने भएकाले यो सडकखण्डमा बाटो तत्काल खुलाउन ६ वटा मेसिन तयारी अवस्थामा राखिएको आयोजनामा प्रमुख यादवले जानकारी दिनुभयो । माथिबाट ढुंगा खस्न रोकिने बित्तिकै पहिरो हटाउने काम भइरहेको पनि उहाँले बताउनुभयो ।