पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि पोखरा आकर्षणको केन्द्र बन्दै गईरहेको छ ।धादिङबाट एस.एल.सी परिक्षामा उत्कृष्ट ग्रेड ल्याएका विद्यार्थीले उच्च शिक्षाका लागि काठमाण्डौँ धाउन नपर्ने बताएका छन् । उच्च शिक्षाका लागि पोखरा आएका, प्रवेशिका परिक्षा २०७२ मा जिल्ला उत्कृष्ट हुन सफल निर्मला तामाङ, सविना कुवँर र डिम्पल रुचालले पोखरामा विज्ञान र व्यवस्थापनका उत्कृष्ट अध्ययन हुने सुनेरै पोखरा आएको बताएका छन् । अघिल्लो वर्ष पनि पोखरा आएर पढेका सार्थीहरुले भनेपछि आफूहरु काठमाण्डौँ जान छाडेर पोखरा आएको उनीहरुले बताए ।
तीनै जना छात्राहरु पोखराको सिम्पानी स्थित स्पाइरल ग्यालेक्सी उच्च मा.वि मा भर्ना भएका छन् । विद्यालयमा आयोजित एक कार्यक्रममा प्राचार्य नारायण शर्मा चापागाई, व्यवस्थापकिय संयोजक अर्जुन ढकाल, एकेडेमीक डाईरेक्टर दिनेश अर्यालले विद्यार्थीलाई स्वागत गर्दै अवलोकन गराउनु भएको थियो । आफ्ना अभिभावक सहित आएका उनीहरुले अवलोकन पछि विद्यालयको विज्ञान र कम्प्यूटर प्रयोगशाला सुविधा सम्पन्न रहेको बताएका छन् । विद्यालयको प्रशंसा सुनेरै आफूहरु यहाँ आएको र उत्कृष्ट विद्यालयमा अध्ययन गर्न पाएकोमा खुसी व्यक्त गरे ।
त्यस अवसरमा विद्यार्थीलाई सम्मान गरिएको थियो । अघिल्लो वर्ष पनि धादिङका ९ जना उत्कृष्ट विद्यार्थी त्यस विद्यालयमा आएर अध्ययन गरिहेका छन् ।