धादिङ कै नमुना स्कुल बन्दै एड्भान्स एकेडेमी -बानियाँ

Avatar photo
Dhadingpost
बिहिबार, असार ९, २०७३

धादिङबेसी असार ९ । जिल्ला सदरमुकाम धादिङबेसीमा रहेको एड्भान्स एकेडेमी जिल्ला मै नमुना स्कुल बनेको प्याब्सन केन्द्रका उप महासचिव राजेन्द्र बानियाँले बताउनु भएको छ ।

एड्भान्स एकेडेमीबाट एस्एलसी उतिर्ण विद्यार्थीलाई विदाई कार्यक्रममा बोल्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) केन्द्रीय उप महासचिव बनियाले एड्भान्स एकेडेमी अविभावकहरुको नजरमा थप स्थापित भएको समेत बताउनु भएको होे ।

कार्यक्रमका विशेष अतिथि तथा संसद गंगालला तुलाधरले एड्भान्स एकेडेमीमा आध्ययन रत छात्राद्वय मुना पौडेल र विशेष आकर्षणको पात्र भएको बताउनु भएको थियो । योग्यता र रुचि अनुसार थप शिक्षका लागि अविभावकले कलेल छनौट गर्न पनि तलाधरले आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र धादिङका अध्यक्ष रामबहादुर भण्डारी, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) केन्द्रीय सदस्य शान्त विक्रम बानिया, एन प्याब्सन धादिङका अध्यक्ष कृष्ण दाहाल, छिमेकी विद्यालयका प्रधानाध्यापकहरुको आतिथ्यता रहेको थियो ।

एड्भान्स एकेडेमी धादिङ बेसीबाट सातौ ब्याच अन्तर्गत २०७२ सालको एस् एल् सी परीक्षामा २७ जना विद्यार्थीहरु परिक्षमा सहभागी भएको थिए । परिक्षमा सामेल भई घ।ढ न्एब् सहित सर्वोत्कृष्ट नतिजा हासिल गर्ने मुना पौडेल सहित A+, A, B+ AND B GRADE मा उतिर्ण भएका सम्पुर्ण विद्याथीहरुलाई प्रमुख अतिथि राजेन्द्र बानिया, विद्यालय संचालन समिति अध्यक्ष अर्जुन गोरखाली र विद्यालय व्यवस्थापन समिति अध्यक्षले प्रशंषा पत्र सहित विदाई गर्नु भएको थियो ।

विद्यालयका प्रिन्सिपल गोविन्द बुढाथोकिले संचालन गर्नु भएको कार्यक्रमको सभापतित्व विद्यालयका निर्देशक विष्णुप्रसाद कोईरालाले गर्नु भएको थियो ।