धादिङका ५ गाविसमा सामूहिक आवास गृहको निर्माण जारी

Avatar photo
Dhadingpost
बिहिबार, असार ९, २०७३

धादिङबेसी असार ९ । भूकम्प पीडितका लागि घाम पानीबाट जोगाउन नेपाली सेनाले धादिङका ५ गाविसमा अस्थायी सामूहिक आवासको निर्माण सुरुगरेको छ ।

२०७२ साल बैशाख १२ गते गएको बिनासकारी भुकम्पले क्षति पु¥याएको धादिङका विकट ५ गाविस री, झार्लाङ, सेर्तुङ, लापा, रि र तिप्लिङ गाविसमा सेनाले सामूहिक आवास गृह बनाउन थालेको हो ।

हेलिकोप्टरबाट आवासको लागि आवश्यक सामग्री ढुवानी गरेर यी गाविसमा बन्ने एक एकवटा अस्थायी सामूहिक आवासभित्र १६ वटो कोठा, चारवटा ट्वाइलेट र बाथरुम रहने धादिङ स्थित देवीदत्त गणका कर्णेल विनोद चन्दले जानकारी दिनुभयो ।

अस्थायी सामूहिक आवासका लागि सेनाले धादिङमा तीन सय जना दक्ष जनशक्ति परिचालन गरेको छ । नेपाली सेनाले आफूहरुलाई नेपाल सरकारले दिएको जिम्मेवारीलाई समयमा नै पूरा गर्ने कर्णेल चन्दले बताउनु भयो ।