धादिङबेसी असार ९ । धादिङमा सालक जोगाऔं प्रकृति बचायौं भन्ने मुल नाराका साथ बुधबार धादिङबेसी एक दिवसीय बिषयक गोष्ठी सम्पन्न गरेको छ ।
उच्च पहाडी क्षेत्र संरक्षण अभियान नेपाल धादिङले दुलर्भ बन्यजन्तु सालकको संरक्षण गरी पहिचान गर्ने उद्धेश्यका साथ उक्त गोष्ठीको आयोजना गरिएको हो ।
नेपालमै दुलर्भ मानिने बन्यजन्तु सालकको बारेमा बैज्ञानिकहरुले २१ वटा अध्ययन गरिसकेको छ । सालकले बन जङगलमा हुने किरा पट्याङग्रा, धमिरा, किरा खाने गर्दछ । विशेष गरी यो जनावर तराई र पहाडी जिल्लाका दुई सय मिटर तल बनजङगल, झाडी, घासे मैदान पाइने छ ।
धादिङमा पनि सालक भएको पुष्टि भएको र सम्रक्षण गर्न अवश्यक रहेको गोष्टीमा जानकारी गराईउको थियो । नलाङको ठुलो वन, सदर मुकाम आसपासमा सालक बस्ने बासस्थान, हिड्ने बाटो र सालकको पखेटाहरु भेटिएको पनि बताईएको थियो ।
साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउण्डेशनका तुलसी लक्ष्मी सुवाल र सबिता गुरुङले धादिङ जिल्लामा दुलर्भ बन्यजन्तुहरुको अबस्था, कालो सालक, तामे सालक सालकको अबस्था, चुनौतिहरु, सालकको संरक्षण किन गर्ने भन्ने विषयबस्तुहरुको बारेमा सहजीकरण गर्नु भएको थियो ।