सेमजोङमा अनुदान रकम सम्झौता कार्य सकियो

Avatar photo
Dhadingpost
असार ९, २०७३

धादिङबेसी असार ९ । सरकारले भुकम्प पीडितहरुको लागि दिने भनिएको दुई लाख रकमको अनुदान सम्झौता कार्य धादिङको सेमजोङ गाविसमा सम्पन्न भएको छ ।

२०७२ साल बैशाख १२ गतेको विनासकारी भुकम्पले सेमजोङ गाविसका ९ सय ९२ घरधुृरीहरु प्रभावित भएका थिए । जस मध्ये ६ सय ८१ घरधुरीको मात्र सम्झौता भएको छ । बाँकी २ सय ३१ घरधुरी नामावलीमा नाम ननिस्केको, निसा नम्बर फरक भएको र नागरिकता नम्बर फरक भएको घरधुरीहरु भने सम्झौतामा खटिएका टोलीहरुले गुनासो फारममा दर्ता गराएका छन् ।

यसैगरी ८० घरधुरी भने जग्गा वा नामावलीमा नाम निस्केको ब्यक्तिहरु विदेशमा भएकाले ती घरधुरीहरुको भने सम्झौता नभएको यु.एन.ओ.पि. एसका आइती माया तामाङले जानकारी दिनु भएको छ ।

२०७३ साल जेष्ठ ३१ गते देखि सेमजोङ गाविसका सचिव सञ्चित गहतराज र यु.एन.ओ. पि. एस,सम्झौता कार्यमा सरकारी कार्यालयबाट खटिएका इन्जिनियरहरु, एन सियलका कर्मचारीहरुबाट खटिएका एक टोली सम्झौता कार्य सुरु गरी असार ६ गते सम्झौता कार्य सम्पन्न गरेको थियो ।