असार १
यो वर्षको मनसुन बुधबार नेपाल प्रवेश गरेको छ । सामान्य समयभन्दा एक साता ढिलो गरी प्रवेश गरेको मनसुनका कारण पूर्वी नेपालमा अधिकांश भागमा वर्षा भइरहेको छ ।
जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको औपचारिक घोषणा गरेका छन् । महाशाखाका बरिष्ठ मौसमविद् मीनकुमार अर्यालले भने,‘ पूर्वबाट मनसुन प्रवेश गरिसक्यो, अब क्रमशः मध्य र पश्चिमतर्फ फैलिन्छ,’
मैसमी नक्सा तथा भू–उपग्रहले खिचेका बादलका तस्बिरका आधारमा मनसुन केही दिनभित्रै नेपालभर सक्रियरुपमा फैलिने अनुमान जलवायु तथा मौसम विज्ञान विभागको छ । पूर्वी नेपाल आइपुगेको मनसुन थप सक्रिय भएपछि देशैभर वर्षा हुने आंकलन छ ।
सामान्य अवस्था भन्दा पाँच दिन ढिलो गरी मनसुन नेपाल आइपुग्नुपर्ने हो । दक्षिण एसियामा मनसुुन सुुरु हुुने मूख्य स्थान भारतको केरालामै यो पटक नौ दिन ढिलो मनसुन आइपुगेको थियो ।
दक्षिण एसीयाली मनसुुन बंगालको खाडीमा विकास भइ उत्तरपश्चिमतर्फ अघि बढ्छ । नेपालमा जुुनदेखि सेप्टेम्बरसम्म मनसुुन सक्रिय रहन्छ । यसअघिका सबै वर्षा मनसुन सक्रिय बनाउने (प्री मनसुन) वर्षा हुन् ।
मौसमविद्हरुले यो वर्षको मनसुुनमा औषत वर्षा हुुने प्रक्षेपण यसअघि नै गरिसकेका छन् । दक्षिण एसीयाली मौसमविद्हरुको संस्था जलवायुु दृष्टिकोण मञ्चले लालिनो सक्रिय हुुदै गएकोले राम्रो वर्षा हुुने अनुुमान गरेको हो ।