जेठ ३२ –
नयाँ शक्ति नेपालले पार्टी स्थापना राष्ट्रिय भेलामा भएको आयव्ययको विवरण सार्वजनिक गरेको छ ।
उसले मंगलबार सार्वजनिक गरेको आयव्यय विवरण अनुसार पार्टी स्थापना राष्ट्रिय भेलामा १ करोड ४ लाख १ हजार ८० रुपैयाँ खर्च भएको छ । सदस्यता शुल्क, प्रवेश शुल्क, सचिवालय सदस्य सहयोग, परिषद सदस्य सहयोग तथा चन्दाबाट १ करोड ६१ लाख ३७ हजार ३ सय रुपैयाँ आम्दानी भएको छ । जस अनुसार ५७ लाख ३६ हजार रुपैयाँ बचत भएको नयाँ शक्ति नेपाल पार्टीले जनाएको छ । पार्टीको लेखा शाखाकी सविना अर्यालका अनुसार सदस्यता शुल्क वापतको १ करोड ३ लाख २२ हजार १ सय ३५ रुपैयाँ भने उठ्न बाँकी छ ।
यसअघि अन्य राजनीतिक दलले कार्यक्रम गर्दा भएको आयव्ययको विवरण सार्वजनिक गर्ने गरेका थिएनन् । नयाँ शक्ति नेपालले भने आफूहरुले गर्ने आर्थिक गतिविधि पारदर्शी बनाउने दावी गर्दै आएको छ ।
आय व्याय विवरण इकान्तिपुरबाट