धादिङ २७ जेठ
मध्य इन्डोनेसियामा अवस्थित बाली द्विपमा बिहीबार ६.२ रिक्टर स्केलको भूकम्प गएको छ।यस भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको मौसमविज्ञान र भूगर्भ निकायका अधिकारीहरुले जानकारी दिएका छन्। सो भूकम्प जाकार्ता समयाअनुसार बिहीबार बिहान ११:१३ बजे गएको जनाइएको छ।
यस भूकम्पको केन्द्रविन्दु क्लुङ्गकुङ्ग सहरबाट ३०८ किलोमिटर दक्षिणपश्चिमीमा समूद्रसतहबाट १० किलोमिटर गहिराईमा रहेको भूगर्भ निकायका एक अधिकारीले सिन्ह्वा समाचार समितिलाई जनाएका छन् ।
इन्डोनेसिया ‘अग्नी चक्र’भित्र पर्ने देश भएको हुनाले यहाँ बारम्बार भूकम्पको प्रकोपले सताउने गरेको पाइन्छ । रासस/सिन्ह्वा