लामखुट्टेले हैरान बनायो ? यहाँ छन् लामखुट्टे भगाउने सरल उपाय

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ २६, २०७३

downloadलौ पानी पर्‍यो ! गर्मी बढ्यो, अब लामखुट्टेले टोक्ने भए अनि डेंगु वा मलेरिया लाग्नेभयो भनेर डराउनु भएको छ । नआत्तिनुहोस् ! अब सजिलै लामखुट्टेबाट छुटकारा पाउन सक्नुहुन्छ । केही प्राकृतिक उपायहरु अपनाएर लामखुट्टेलाई भगाउन सक्नुहुन्छ ।

कपुर र पानी
कपुर र पानी प्रयोग गरेर लामखुट्टे भगाउन सक्नुहुन्छ जसका लागि दुई टुक्रा कपुर एक चौथाई कप पानीमा हाल्नु भयो भने जादूझै लामखुट्टे भगाउन सक्नुहुन्छ । र यदि उक्त पानीमा अर्को टुक्रा कपुर मिसाउनु भयो भने त झन चाँडो लामखट्टे भाग्दछन् ।

कागती र ल्वाङ

कागती र ल्वाङको गन्धलाई लामखुट्टेले मन पराउदैनन् । त्यसैले दुईवटा कागतीलाई बीचबाट काटेर प्रत्येक टुक्राको भित्र ५ देखि ६ वटा ल्वाङ राख्नुहोस् अनि एउटा प्लेटमा लगेर आफ्नो कोठामा राख्नुहोस् । बस यति गरे पछि लामखुट्टे कोठाबाट भाग्दछन् ।

लसुन

घरमा लसुन त हुने नै भो । बढी लसुन हालेको खाना प्रयोग गर्नुभयो भने लामखुट्टे लुसन खाएका मानिसबाट टाढा हुन्छ ।

आयुवेर्दिक स्प्रे
लामखुट्टे भगाउने क्रिमहरु प्रयोग गर्नुहुन्छ ? यसलाई छाडिदिनुहोस् । अब तपाईं आफैं घरेलु प्रविधिबाट लामखुट्टे भगाउने स्प्रे बनाउन सक्नुहुन्छ । यसका लागि तुलसी, पानी र भोड्का जस्ता घरमै उपलब्ध हुने सामग्रीहरु चाहिन्छन् । पहिला तुलसी र पानी उमाल्नुहोस् र तुलसीलाई राम्रोसँग निचोरेर आएको पानीलाई एउटा सफा बोतलमा राख्नुहोस् । बोत्तलमा जति पानी छ, त्यसको आधा भोड्का थप्नुहोस् । बिस्तारै हल्लाउनुहोस् । तपाईंको घरमै अब लामखुट्टे धपाउने स्प्रे तयार भयो ।
यस्तै अन्य सामग्रीहरु आफ्नै फेसबुक वालमा प्राप्त गर्नका लागि हाम्रो आधिकारीक फेसबुक पेजमा लाईक गर्नुहोस् ।

सुगन्धित तेलहरु

तपाईंको घरमा सुगन्धित तेलहरु छन् ? कुनै सुगन्धित तेलको बासनाले लामखुट्टेलाई धपाउने क्षमता राख्दछ । कागती, पुदिना, मेहन्दी, लेभेन्डर, जेरानियम, सिट्रोनला जस्ता बिरुवाबाट बनेका तेलहरुले लामखुट्टे र अन्य किराहरु हटाउन उपयोगी हुन्छन् । उक्त तेललाई तेल घोल्ने रसायनमा खन्याउनुहोस्, त्यसपछि लामखुट्टेविरुद्ध यसले आफ्नो जादू देखाउन थाल्नेछ ।

लामखुट्टेलाई मन पर्दैन यी बिरुवाहरु

ब्रम्हबुटी (क्याटनिप)लाई घरमा ल्याउनुहोस्, किनकी यसले लामखुट्टे भगाउन मद्दत गर्दछ । त्यस्तै सयपत्री, लेमनग्रास, चुनित्रो घाँस (जिरानियमस्), तुलसी, मेहन्दी जस्ता सुगन्धित जडीबुटीहरुको गन्धले लामखुट्टेलाई भगाउँछ ।

यी बिरुवा जसले लामखुट्टेलाई नै खाइदिन्छन्download (1)

ताली पिटेर न मार्न सक्नुहुन्छ न भगाउन । कति गाह्रो लामखुट्टेलाई तह लगाउन । ठिकै छ हार नमान्नुहोस् तपाईंलाई सघाउन केही मांशाहारी विरुवाहरु तयार छन् । जसरी हामी लामखुट्टे मनपराउँदैनौं त्यसैगरी भेनस फ्लाइट्राप, पिचर प्लान्ट, बट्टरवर्ट, डचम्यानुस पाइपका लागि लामखुट्टे मिष्ठान्न भोजन नै हो ।

उटा अप्राकृतिक उपाय पनि !

तर, हामीले घरमा प्रयोग गर्ने केही म्याट, स्प्रे, धुप लगायतका रसायनिक पदार्थ मिश्रित पदार्थहरुले लामखुट्टेलाई मात्र होइन, हामीलाई पनि असर गर्दछ । धुप, कपुर राखिएको भाँडो, लामखुट्टे एप्स जस्ता सामग्रीहरु तपाईंले प्रयोग गर्नसक्नुहुन्छ ।

यति नै । तर, लामखुट्टेले टोक्न छाडेनन् भने, यहाँ घरमै तत्काल प्रयोग गर्न सकिने घरेलु उपाय छन् । तातो पानीमा एक मिनेटसम्म धातुको चम्चा डुबाउनुहोस् । लामखुट्टेले टोकेको ठाउँमा राख्नुहोस् । यसले लामखुट्टेले टोक्दा निस्किएको एकप्रकारको प्रोटिनलाई नष्ट गर्दछ र चिलाउनबाट जोगाउँछ ।