नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दमा कहाँ कहाँ के के भयो

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ २६, २०७३

धादिङ, २७ जेठ
banda
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले सरकार सँग विभिन्न माग राख्दै बिहीबार गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ ।बन्दको प्रभाव धादिङमा पनि देखिएको छ । धादिङबाट बाहिरीने र भित्रिने सवारी साधनहरु आज कुनै पनि सञ्चालनमा आउन सकेको छैनन् । कलकारखाना , बजार तथा शैक्षिक संस्था ठप्प भएका कारण मानिसहरु गन्तव्यमा पुग्नको लागि पैदल हिडन बाध्य भएका छन ।

पक्राउ परेका कार्यकताको रिहाइ गर्नु पर्ने, कालो बजारी र बजार भाउ नियन्त्रणको माग राख्दै नेकपा माओवादी बन्दको आह्वान गरेको हो ।

बन्द विहान ५ बजे देखि बेलुका ५ बजे सम्म हुने नेकपा माओवादीले जनाएको छ । बन्दका बेलामा पनि अत्यावश्यक सवारी साधानहरु पानी, एम्बुलेन्स, पर्यटक वस , शव वाहन , प्रेस लगाएतका सवारी साधन भने सन्चालन गर्न पाइने बताईएको छ ।

बन्दमा कहाँ कहाँ के के भयो

पोखरा ८ जना पक्राउ
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले सरकार सँग विभिन्न माग राख्दै गरेको बन्दका कारण जनजिवन प्रभावित भएको छ ।

माओवादीले गरेको नेपाल बन्दका कारण पोखरामा लामो तथा छोटो दुरीका सवारी साधन, कलकारखाना, सबै बन्द छन् । केही मात्रामा सवारी साधन सन्चालनमा भएका छन् । बन्दकता ८ जनालाई प्रहरीले बिहानै पक्राउ गरेको छ । पोखराका चोक चोकमा प्रहरी परिचालन भएका छन् ।

प्रहरीले कास्कीमा बन्द गराउदै हिड्ने ८ जना बन्दकर्तालाई पोखरा र लेखनाथका विभिन्न स्थानबाट पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा पोखराको शिवालय चोकबाट सुरजकुमार गुरुङ्ग, मिलन गुरुङ्ग, सुरेन्द्र तामाङ्ग र केशव परियार रहेका छन् भने लेखनाथबाट पक्राउ पर्नेमा गोकुल पराजुली, वृहस्पति पौडेल, राजकुमार श्रेष्ठ र बुद्धिसागर बाँस्तोला छन् ।

ललितपुरबाट १३ जना पक्राउbanda-1-648x430

बन्द गराउँदै हिँडेका १३ जना विप्लव नेतृत्वको माओवादीका कार्यकर्तालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ।
उनीहरुलाई एकान्तकुना, ग्वार्को, सातदोबाटो, कुपन्डोल लगायतका स्थानबाट पक्राउ गरिएको डिएसपी इश्वर कार्कीले जानकारी दिए। पक्राउ परेकाहरु अहिले ललितपुर प्रहरी परिसरमा छन्।
बन्दमा सुरक्षालाइ ध्यानमा राखेर ललितपुर प्रहरीले हिजो साँझदेखि नै आफ्नो क्षेत्रमा ब्यापक मात्रामा प्रहरी परिचालित गरेको छ।

काठमाडौंका विभिन्न ठाउँबाट ४३ जना बन्दकर्ता पक्राउ

बन्द गराउँदै हिँडेका ४३ जनालाई प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायकबाट पेट्रोल, गुलेली र ढुंगा बोकेर हिँडेका दुई जना बन्दकर्ता पक्राउ परेका छन् ।
बन्दका कारण काठमाडौं उपत्यकासहित देशभरका सडकमा बिहीबार भाडाका गाडी कम चलेका छन् । काठमाडौंमा साझा यातायातका गाडी नियमित चलिरहेका छन् । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दका कारण भाडाका गाडी कम चल्दा यात्रुलाई सास्ती भएको छ ।
काठमाडौं उपत्यका भित्रने र बाहिर जाने गाडी फाट्टफुट्ट मात्र चलेका छन् । प्रहरीले सडकमा सुरक्षा व्यवस्था कडा बनाएको छ । जबरजस्ती बन्द गर्ने र गाडीमा तोडफोड तथा आगजनी गर्नेमाथि कारवाही हुने प्रहरीले जनाएको छ ।
बन्दकर्ताले काठमाडौंको कोटेश्वरमा बिहान चालक भित्रैरहेको बेला ट्याक्सीमा आगजनी गरेका छन् । बा १ ज ८२०६ नम्बरको ट्याक्सीमा आगजनी भएको हो ।
आगजनी गर्ने दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । आगजनीका कारण ट्याक्सीमा आंशिक क्षति भएको छ ।

साझा बसमा तोडफोड, २२ बन्दकर्ता पक्राउ
विप्लब नेतृत्वको माओवादीले आहृवान गरेको बन्दका क्रममा साझा बसमा तोडफोड भएको छ ।

राजधानीको त्रिपुरेश्वर नजिक साझा बसमा ढुंगा प्रहार गरिएको प्रहरीले जनाएको छ । ढुंगा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस अघि विहान कोटेश्वरमा एउटा ट्याक्सीमा बन्दकर्ताले आगजनी गरेका थिए ।

यसैबीच बन्द गराउँदै हिडेका २२ बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका बन्दकर्ताहरुलाई महेन्द्र पुलिस क्लब, बालाजु लगायका स्थानमा राखिएको छ ।

ट्याक्सीमा आगजनी, माइक्रो तोडफोड, साझा बसमा ढुंगा

जेष्ठ २७, २०७३- नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वमा रहेको माअ‍ेवादीले आयोजना गरेको नेपाल बन्दको दिन बिहीबार राजधानीको तीनकुनेमा बा १ च ८२०६ नम्बरको ट्याक्सीमा आगजनी भएको छ ।
त्यसैगरी, मनमैजुमा बन्दकर्ताहरुले एउटा माइक्रोबस तोडफोड गरेका छन् ।

यसैगरी, बन्दकर्ताहरुले आज बिहान काठमाडौंको त्रिपुरेश्वरमा साझा यातायातको बसमाथि ढुंगा प्रहार गरेका छन् । ढुंगा प्रहारबाट घाइते भएका बस चालकको उपचार भइरहेको छ । ढुंगा प्रहार गर्ने एक जनालाई प्रहरीयले नियन्त्रणमा लिएको छ ।

आज काठमाडौंका विभिन्न स्थानबाट ३० बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी, ललितपुरबाट ११ बन्दकर्ता पक्राउ परेका छन् ।

विप्लवका कार्यकर्ताबाट गुडिरहेको ट्रकमा बम प्रहार

बन्दको अवज्ञा गरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले गुडिरेको एक ट्रकमा पेट्रोल बम हानेका छन्।

सिरहाको मिर्चैयाबाट आँप बोकेर काठमाडौं गइरहेको ना६ख ४६१५ नम्बरको ट्रकमा बम हान्दा त्यसमा सवार सहचालक बसन्त मगरको अनुहार जलेर घाइते भएका छन्।

पेट्रोल बमबाट सल्केको आगोले जल्दा उनको अनुहारका अधिकांश भाग जलेको छ। मगरको अहिले चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ ।

बम प्रहारपछि सल्केको आगोले जलेर ट्रक चालक बलराम भण्डारी पनि सामान्य घाइते भएका छन्।