तत्काल सरकार परिवर्तनको सम्भावना छैन: गौतम

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ २६, २०७३

पोखरा२६ जेठtimthumb (1)

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले सरकार परिवर्तन हुने सम्भावना नभएको बताएका छन्।

प्रेस चौतारी नेपाल कास्कीले बुधवार पोखरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा गाैतमले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गरेर देशलाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन सरकार अगाडि बढेकाले अहिले नै सरकार नढल्ने दाबी गरेका हुन्।

पत्रकारको एक प्रश्नको जवाफमा एमाले उपाध्यक्ष गौतमले एमाले पनि राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयासमै रहेको र सकभर वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा त्यो नभए जो उपयुक्त हुन्छ त्यसैको नेतृत्वमा सहमति गर्न एमाले खुल्ला रहेको बताए।

उनले जसको नेतृत्वमा सहमतिको सरकार बने पनि यही सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट लागू हुनुपर्नेमा जोड दिए। ।

उपाध्यक्ष गौतमले सरकारले ल्याएको बजेटले सबै क्षेत्रलाई छोएको दाबी गर्दै उनले अझ यसले तराईको बाटोघाटो, खानेपानी र पूर्वाधार विकासमा ठूलो बजेट विनियोजन भएकाले तराईका जनता यो बजेटबाट धेरै नै खुसी भएका र उनीहरुले न्याय पाएको बताए।