नेपाल मुस्लिम संघ धादिङको अधिबेशन सम्पन्न

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ १६, २०७३

धादिङबेसी जेष्ठ १६ । नेपाल मुस्लिम संघ धादिङको प्रथम अधिबेशन धादिङबेसीमा सम्पन्न भएको छ । अधिबेशनबाट जुम्मादिन मिया अध्यक्षयमा चयन हुनु भएको छ ।

शनिवार धादिङबेसीमा सम्पन्न उक्त अधिबेशनबाट उपसभापति रहिम बकस मिया, सचिव मैनुदिन मिया, सह–सचिव मुमद मिया, कोषाध्यक्ष मुहमदिन मिया सर्बसम्मत चयन भएका छन् ।

अधिबेशनले १४ सदस्यीय चयन समेत गरेको छ । यसै गरी केन्द्रिय प्रतिनिधिमा क्षेत्र नं १ बाट यमतुल्ला मिया, क्षेत्र नं २ बाट किमतुल्ला मिया र क्षेत्र नं ३ बाट नसिर खान चयन हुनु भएको छ । नेपाल मुस्लिम संघ धादिङका निर्वतमान सचिव मैनुदिन मियाको अध्यक्षता रहेको कार्यक्रममा नेपाली काङग्रेसका केन्द्रिय सदस्य बद्री पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाली काङग्रेस धादिङका जिल्ला अध्यक्ष रमेश प्रसाद धमला, नेपाली काङग्रेस धादिङका पुर्व सभापति रामनाथ अधिकारी, उपसभापति भक्त लामा, सिचव बिनोद तिमल्सेना, महासमिति सदस्य झम्क नारायण श्रेष्ठ, नेपाली काङग्रेसका धादिङका जिल्ला सदस्य एवंम नेपाल मुस्लिम संघका जिल्ला प्रतिनिधि विकास श्रेष्ठ, राम प्रसाद अधिकारी लगायतको सहभागिता रहेको थियो ।