बुढीगण्डकी आयोजनालाई ५ अर्ब ३३ करोड (बजेटमा अरु के-के )

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ १५, २०७३

धादिङबेसी जेष्ठ १५ । अन्यौल जस्तै बनेको बुढीगण्डकी परियोजनाले गति लिने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७३-०७४ को बजेट सार्वजनिक गर्दै बुढीगण्डकी आयोजनालाई ५ अर्ब ३३ करोड विनियोजन पछि परियोजनाले गति लिने भएको हो ।

बुढीगण्डकी आयोजनाका लागि अब पेट्रोलियम पदार्थमा रु. ५ पूर्वाधार कर लाग्ने, यसबाट प्राप्त रकम बुढी गण्डकी परियोजनामा खर्च हुने समेत बजेटमा बताईएको छ ।

बजेटमा अन्य के के समाबेश

वृद्धभत्ता दोब्बर भयो, बैंक खाता अनिवार्य खोल्नुपर्ने

द्धन्द्धकालका घाइतेहरुको सरकारी अस्पतालमा निशुल्क उपचार गरिने

सरकारी कर्मचारीको तलब २५ प्रतिशतले बढ्यो

सांसदको सुविधा बढाइयो, एकजना सांसदलाई साढे ३ करोड बजेट

बन्द हड्ताल गरेर क्षति पुगेमा हड्ताल गर्नेबाट असुल गरिने,

रकमान्तर प्रक्रियालाई थप सहज बनाउने

सबै प्रदेशमा निजामति सेवा अस्पताल स्थापना गरिने ।

कर्मचारीको तलब २५ प्रतिशत वृद्वि गरिने ।

नीजि घरहरुले बिमा गर्नुपर्ने

गरिबसँग विशेष कार्यक्रमले निरन्तरता पाउने

प्रदेश सदरमुकामलाई स्थानिय सडकसँग जोडिनेछ

पेट्रोलियम पदार्थमा रु. ५ पूर्वाधार कर लाग्ने । यसबाट प्राप्त रकम बुढी गण्डकी परियोजनामा खर्च हुने ।

बुढीगण्डकी आयोजनाका लागि ५ अर्ब ३३ करोड विनियोजन । पश्चिमसेती ,माथिल्लो कर्णाली लगायतका आयोजनाहरुलाई सहज रुपमा अघि बढाइने

पुर्ननिर्माणका लागि एक खर्व ४० अर्व ६६ करोडको बजेट बिनियोजन

भूकम्पपिडितले ३ लाख निव्यार्जी ऋण पाउने