बढी जरीवानाको विरुद्धमा आज पूर्णरुपमा यातायात बन्द

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ १३, २०७३

धादिङबेसी जेष्ठ १३ । सरकारले विश्वमाकहि नभएको नियम राखेको भन्दै यातायात व्यवसायी र मजदुरहरुले विरोधमा सार्वजनिक सवारी साधन बन्द गरेका छन् ।

आजको यातयात बन्दले आवत जावत गर्नेदेखि दुवानी गर्ने यातयातका साधन ठप्प भएका छन् । बन्द थाहा नपाउने सर्बसाधरणहरु मर्कापरेको छ ।

आज धादिङबेसीबाट चल्लने सवासी साधन तथ ढुवानी गर्ने साधन कुनै पनि चलेका छैनन् । यातायात ब्यवसायी र मजदुर संगठनले बिभिन्न माग राख्दै बिहीबार देशब्यापी चक्काजाम आयोजना गरेका हुन् ।

बन्द कर्ताको माग

सरकारले यातायात ब्यवस्था ऐन २०४९ को दफा १६३ र १६४ संसोधन गरी २५, १०० र २०० रुपैंयाँको जरिवानालाई क्रमशः ५००, १००० र १५०० बनाएको छ ।

ब्यवसायीले जरिवानामा ट्राफिक प्रहरीले पाउँदै आएको १५ प्रतिशत कमिशन रकम खारेज गर्न माग गरेका छन् ।

जारी बिज्ञप्तीमा सार्क राष्ट्रमा सवारी सञ्चालन गर्न बनाइएको व्यवसायी तथा मजदुर बिरोधी नीति खारेज गर्न, समयानुकुल ढुवानी ऐन निर्माण गर्न, सडक दुर्घटना न्युनिकरण बिशेष योजना निर्माण गर्न दवाब दिन, मजदुरहरुलाई सामाजिक सुरक्षा कोष ऐन लागू गराउन र यातायात ब्यवसायलाई ब्यवस्थित बनाउन नीति बनाउन समेत माग गरिएको छ ।

सरकारले भौतिक पुर्वाधारको बिकास नगरी जरिवाना मात्र बृद्धि गरेकोमा उनीहरु आक्रोशित भएका छन् । यातायात ब्यवसायी सङघको छाता संगठन नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासङघको अगुवाइमा सार्वजनिक सवारीसाधन बन्द गर्ने निर्णय अनुसार केही दिन देखि उनीहरु आन्दोलनमा छन् ।