धादिङबेसी जेष्ठ ११ । विभिन्न माओवादी पार्टीहरु मिलेर बनेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा आफु नपर्नुको कारणबारे धादिङका अध्यक्ष रामबहादुर भण्डारीले मुख खोल्नु भएको छ ।
कम्युनिष्ट पार्टी एकता अपरिहार्यता थियो, धेरै कम्युनिष्ट पार्टी बीच एकता हुँदा केन्द्रीय सदस्य जम्बो बन्नु नौलो होईन तर एउटै कमीटीमा रहेका अध्यक्ष केन्द्रिय सदस्य नबन्नु र सचिव बन्नुचाहि नौलो भएको भण्डारीले प्रतिक्रिया दिनु भएको छ ।
यस बिषयमा नबोलुम भनेको मिडिया देखि अन्य दलका नेता तथा आफ्नै पार्टीका नेताहरुले समेत फोन गरेर चासो राखे पछि मुख खोल्नु परेको बताउनु भयो ।
०५२ साल देखि माओवादी पार्टीमा पुर्णकालिन भैयो पटक पटकको जेल जीवन, गोली बारुदले थिल थिलो पारेको यो शरिर अझै राजनीतिमा क्रियाशिल छ, तर राजनीतिक दौरानमा धादिङका केहि नेताहरु रामबहादुर भण्डारीलाई माथि उठ्न नदिने जाल झेल विगत देखि नै हुँदै आएको हो भण्डारीले भन्नु भयो । उहाँले ती नेताको कुरामा राज्य कार्यालयका केहि कमरेडहरु पनि लाग्नु भयो र परिणाम देश भरिको भन्दा धादिङको फरक र नौलो आएको बताउनु भयो ।
आफुले केन्द्रीय सदस्य अहिले पनि दावी नगरेको बताउँदै, पार्टीले कहिल्यै अन्याय नगरेको र अब पनि नगर्नेमा आफु ढुक्क रहको बताउनु भयो ।
हिजो जिल्ला सम्मेलनमा पनि केहि तप्का रामबहादुरलाई जिल्ला अध्यक्ष बनाउनु हुन्न भनेर लागेकै हुन तर कार्यकर्ताले बनाएरै छाडे अहिले पनि भनसुनका आधारमा रामबहादुर भण्डारी त्यो टिममा नपरेको सहज अनुमान गर्न सकिन्छ, त्यो सबैले बुझेको कुरा हो ।
आफुलाई मुल्याङ्कन नगरेकोमा केहि हिनताबोध नभएको भन्दै भण्डारीले त्याग र बलिदानीलाई पैसा सँग दाँज्नेहरु एक दिन पार्टीबाट पाखालाग्नेमा आफु ढुक्क रहेको समेत भण्डारीले धादिङपोष्टलाई बताउनु भयो ।
उहाँले कार्यकर्तालाई ससङ्कीत नभई काम गर्न आग्रह गर्दै केहि भएको छैन दुईभाई छोरा पार्टीको काममा अझै वेपक्ता छन् अन्य दुईभाई पार्टी मै काम गरि रहेका छन् । आफुलाई पार्टीको मायाँ भएको भन्दै प्रचण्डको पार्टी जनमुखी बनाउने अभियानमा आफु सरीक रहने बताउनु भयो ।