विप्लव नेतृत्वको माओवादीको बैठक सम्पन्न, बन्द समेतको कार्यक्रम

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ ११, २०७३

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको २ दिन सम्म चलेको केन्द्रीय समितिको बैठक सम्पन्न गरेको छ ।

दुई दिनसम्म बसेको नेकपा माओवादीको केन्द्रीय समिति बैठकले आन्दोलनका कार्यक्रमलाई ससक्त बनाउँदै नेपाल बन्द समेतको कार्यक्रम तय गरेको हो ।

‘क्रान्तिकारी विरुद्ध लाग्ने र पार्टीलाई नोक्सानी गर्नेका विरुद्ध नेकपा माओवादी कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको वैठकमा सहभागि एक नेताले भने ।

भ्रष्टचारीलाई कालो मोसो दल्ने, सामाजिक बहिस्कार गर्ने जनमुखि कार्यक्रममालाई अझै प्रभाव कारी बनाएर लैजाने समेत निर्णय गरेका ति नेताले बताए ।

बैठकले माओवादीका झापा जिल्ला सेक्रेटरी बाबुराम राईको गिरफ्तारीको विरोधमा जेठ २७ गते नेपाल बन्दको आयोजना गर्ने समेत निर्णय गरेको बताईएको छ ।